म्याग्दी र पर्वतका दुई युवा पोखरामा लागूऔषधसहित प्रकाउ
पाेखरा | पुस ११, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा लागूूऔषधसहित पर्वतका रामबहादुर सार्की र म्याग्दीका सुरेश थकालीलाई प्रकाउ गरेको हो ।
जिल्ला कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका हाल पोखरा महानगर २९ बस्ने सुरेश थकालीको साथबाट नुर्फिन ३४, डाईजाम ३४, फेनेरागन ३४ गरी १सय २ एम्पुल लागूऔषधसहित एक थान मोबाइल बरामत गरेको हो ।

पर्वतको कुश्मा नगरपालिका १२ घर भएका २६ वर्षीय रामबहादुर सार्कीको साथबाट नुर्फिन ४४, डाईजाम ४४, फेनरागन ४४ गरी १ सय ३२ एम्पुल लागूसहित एक थान मोबाइल बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।

लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई जिल्ला अदातल कास्कीबाट लागूऔषध मुद्धामा १०/१० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

